एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : सभापति देउवा

काठमाडौँ, माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग ९एमसिसी० परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन् । उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे ।
मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो। आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘एमसिसी पारित गर्न मेरो पहल अत्यधिक रहनेछ।’ उनले यो परियोजनाको सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रूपमा अथ्र्याए ।
आफ्नो पालामा भएको सम्झौता आफूले जसरी पनि पास गराउन पहल गर्ने उनको भनाइ थियो । ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजना पास गराउनु मेरो दायित्व हो, उनले भने, ‘यस विषयमा अरु दायाँ–बायाँ केही हुँदैन ।’
नेपाली कांग्रेसले नै यो परियोजनालाई पारित गराउन पहल गर्ने आधिकारिक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रूपमा उभिएको बताए । ‘एमसिसी पास गराउने अजेन्डा मेरो मात्रै हैन । सिंगो पार्टीले नै आधिकारिक निर्णय गरिसकेको छ, कांग्रेस एमसिसीको पक्षमा छ, जसरी पनि पास हुन्छ ।’ यो खबर नागरिक दैनिकमा छापिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #एमसिसी पास हुन्छ
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्