नवनिर्वाचित अध्यक्ष पन्त भन्छन् : एनआरएनएकाे चुनाव अब नेपालमा गर्दैनाैं

काठमाडौँ । चरम राजनीतिकरण भएको आरोप लागेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थाको निर्वाचन अब नेपालमा नगर्ने बताएका छन् ।
एनआरएनए सम्मेलनमा सहभागि सदस्यको अभद्र व्यवहार र भद्रगोल गतिविधिमाथि तिव्र आलोचना भएपछि नवनिर्वाचित अध्यक्ष पन्तले नेपालमा अबदेखि निर्वाचन कार्यक्रम नगर्ने उद्घोष गरेका हुन् ।
उनले संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजिएको र होटलका कोठा–कोठामा राजनीतिक दलका नेताहरू ल्याएर छलफल भएकोमा दुःख प्रकट गरे ।
‘अबदेखि काठमाडौंमा निर्वाचन कार्यक्रम गर्दैनौं’, अध्यक्ष पन्तले भने, ‘बरु अनलाइन भोटिङ गर्छौं । प्रतिनिधिले मात्रै नभइ साधारण सदस्यले नै भोट गर्न पाउने व्यवस्था गर्छौं ।’
काठमाडौंमा भएको नवौं सम्मेलनबाट अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि पन्त विजयी भएका हुन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कुमार पन्त
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्