फेरी सत्याग्रहसहितको आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी

डा. गोविन्द केसीले सरकारसँग ७ बुँदे माग अघि सार्दै पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार प्रेस विज्ञप्ति गर्दै केसीले विगतमा भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा पनि चित्त बुझ्दो जवाफ दिनुपर्ने माग राखेका छन् ।
केसीले निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्नुपर्ने माग पनि अघि सारेका छन् । साथै, उनले दोषी मेडिकल कलेजलाई कानून बमोजिम कारबाही गरिनुपर्ने पनि बताएका छन् ।
‘संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्’, केसीले जारी गरेको विज्ञप्तिको बुँदा नं. ३ मा भनिएको छ ।
साथै, सम्झौता अनुसार इलाम, पाँचथर, उदयपुर लगायत प्रदेश २ र ४ मा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि भनिएको छ ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम शुरु गरियोस्’, विज्ञप्तिमा भनिएको छ, ‘कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिइयोस् ।’
केसीले शीर्ष नेताको उपचारका लागि विदेश जाने अवस्था राकिनुपर्ने पनि बताएका छन् । साथै, उपचार खर्च पारदर्शी बनाउन माग गर्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गरिनुपर्ने पनि बताएका छन् । अन्तिम बुँदामा आयोगमा पार्टी सम्बद्ध व्यक्ति नभइ पीडितमैत्री विज्ञलाई नियुक्ति गरिनुपर्ने माग केसीले राखेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्