देशैभर आगामी २४ घण्टा वर्षाको सम्भावना ,सतर्कता अपनाउन अनुरोध

काठमाडौं, १८ भदौ । जल तथा मौसम विज्ञान विभागले देशैभर आगामी २४ घण्टा वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सूचित गरेको छ ।
मौषम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ ।
मनसुनले देशभरकै मौसम अदलबदल हुने र त्यसले पार्ने पानीका कारण जनजीवन प्रभावित हुन सक्ने विभागको चेतावनी छ ।
यसबीचमा पहाडमा पहिरो जान सक्न तथा हवाई र सडक यातायात समेत प्रभावित हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
बाढी पूर्वसूचना केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । जसका कारण भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको छ ।
साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ । सोहीकारण देशको विभिन्न स्थानमा वर्षाको सम्भावना औल्याइएको छ ।
महाशाखाका अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहमा मेघ गर्जनरचट्टयांग सहित वर्षा हुने र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यसको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबारसम्म रहन सक्ने बताइएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वर्षाको सम्भावना
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्