भारतीयमा गाडीको मुल्य संकटमा , नेपालमा पनि असर पर्न सक्ने

काठमाडौं । १६ भदौ । भारतीय अटोमोवाइल बजार संकटमा पर्न थालेको तथ्यांकहरुले देखाएका छन् । गाडीको बिक्रि लगातार घटेसँगै अहिले सवारी साधन निर्माता कम्पनीहरु घाटामा जान थालेका छन् ।
अगस्ट महिनाको तथ्यांक अनुसार भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्रि ३२।७ प्रतिशतले खस्किएको छ ।
यस कम्पनीले सन् २०१८ अगस्टमा १ लाख ५८ हजार १ सय ८९ कार बिक्रि गरेकोमा यस वर्षको अगस्टमा मात्र १ लाख ६ हजार ४ सय १३ कार बिक्रि गर्यो ।
त्यसो त जुलाई महिनामा पनि यस कम्पनीको बिक्रि दर ३६ प्रतिशतले ओरालो लागेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यस कम्पनीको घरेलु बजारमा मात्र नभई निर्यात बजारसमेत खस्किएको छ ।
अगस्ट महिनामा १०।८ प्रतिशतले निर्यात घटेको समाचारमा उल्लेख छ । खासगरी मंहगो कारहरुको बिक्रिमा भारी गिरावट देखिएको कम्पनीले उल्लेख गरेको छ ।
उता, महिन्द्रा एण्ड महिन्द्राको बिक्रि पनि यस महिनामा २५ प्रतिशतले घटेको छ । यस कम्पनीले ३६ हजार ८५ इकाई कार बिक्रि भएको उल्लेख गरेको छ ।
अघिल्लो वर्षको अगस्टमा ४८ हजार ३ सय २४ इकाई बिक्रि भएको थियो । यस कम्पनीको पनि घरेलु बजारमा २६ प्रतिशत गिरावट देखिएको छ भने निर्यात बजार १५ प्रतिशतले घटेको छ ।
होन्डा कार्स इण्डियाको बजार यस महिनामा सबैभन्दा नराम्रोसँग खस्किएको छ । कम्पनीका अनुसार ५१।२८ प्रतिशतले बिक्रि गिरावट आएको छ ।
यस कम्पनीले एक महिनामा ८ हजार २ सय ९१ इकाइ कारको बिक्रि गर्यो । गत साल यस महिनामा १७ हजार २० इकाई बिक्रि गरेको थियो ।
टाटा मोटर्सको बिक्रिमा पनि नराम्रोसँग गिरावट देखिएको छ । यस कम्पनीका यात्रुबाहक सवारी साधनको बिक्रिमा ५८ प्रतिशतसम्म गिरावट आएको छ ।
यस कम्पनीले अघिल्लो वर्षको अगस्टमा १७ हजार ३ सय ५१ सवारी साधन बिक्रि गरेकोमा यस वर्ष मात्र ७ हजार ३ सय १६ बाहन बिक्रि गरेको छ ।
किन घट्यो बिक्रि ?
ग्राहकको क्रयशक्तिमा आएको गिरावटले अटो बजारसमेत खस्किएको भारतीय अर्थविज्ञहरुले बताएका छन् । कम्पनीहरुले उत्पादन भएका कारको बिक्रिका लागि भारी छूटको पनि प्रावधान ल्याएका छन् ।
त्यसकारण बिक्रि नभएको मौकामा सस्तो मूल्यमा सवारी खरीद गर्न सक्ने सम्भावना रहेको छ ।
नेपालमा पनि आयातकर्ताले धेरै संख्यामा गाडी भित्राउन चाहेको अवस्थामा भारतीय कम्पनीले सस्तो मूल्यमा बेच्न सक्ने अवस्था छ । यसले थोरै भएपनि ग्राहकलाई राहत पुग्न सक्ने सम्भावना रहेको छ ।
क्लाउड पत्रिका बाट
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गाडीको मुल्य संकटमा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्