सरकारको ऋण १० खर्ब नाघ्यो ,टाट पल्टियो देश (सूचीसहित)

सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा साँवा र ब्याज गरी ७५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।
देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३०.०६ प्रतिशत पुगेको छ । यसमा बाह्य ऋणको हिस्सा १६.९८ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३.८० प्रतिशत रहेको छ । आव २०७४/७५ मा जीडीपीको ३०.३२ प्रतिशत सरकारको कूल ऋण थियो ।
यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको छ । आव २०७५/७६ मा मात्र सरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकारको ऋण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्