गाउँपालिकामा इन्धनको नाममा ‘ब्रम्हलुट’ : अध्यक्षलाई २० लाखको इन्धन, २ स्कोरपिओ !

धादिङ, १३ साउन । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरी’ले इन्धनको नाममा मनोमानी गरेका छन् । उनले आर्थिक वर्ष २०७५÷७६ मा अनुमानित २० लाख रुपैयाँ ईन्धनमा मात्रै खर्च गरेका छन् । गाउँपालिकाको १ र भाडाको १ गरी जम्मा २ वटा गाडीमा २० लाख रुपैयाँ बराबरको इन्धन खर्च भएको विवरणमा उल्लेख छ ।
व्यय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाको पदाधिकारीलाई ईन्धन खर्च शिर्षकमा ५ लाख रुपैयाँ खर्च भएको देखिएको छ । यो खर्च गाउँपालिकाका अध्यक्ष मात्रै चढ्ने बा २ झ ३३८० नम्बरको सेतो नम्बर प्लेटको स्कोरपिओ गाडीमा भएको हो ।

यस्तै कार्यलय प्रयोजनका लागि १५ लाख रुपैयाँको ईन्धन खर्च भएको विवरण बनाईएको छ । यो रकम आर्थिक वर्ष २०७४/७५ को तुलनामा ५ लाख रुपैयाँ बढि हो । आर्थिक वर्ष २०७४÷७५ मा पदाधिकारीको नाममा ७ लाख र कार्यलय प्रयोजनको नाममा ८ लाख रुपैयाँ इन्धन खर्च भएको विवरणमा देखाइएको थियो ।
गाउँपालिकाको गाडी हुँदाहुँदै नीजी गाडी भाडामा
गाउँपालिकाले बा २ झ ३३८० नम्बरको सेतो नम्बर प्लेटको स्कोरपिओ गाडी खरिद गरेको छ । यो गाडी गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले मात्रै प्रयोग गर्ने गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले दियोपोष्टलाई जानकारी दिए ।
त्यस्तै विदाको दिन प्रयोग गर्नका लागि अर्को स्कोरपिओ भाडामा लिइएको छ । ‘आफू जुनसुकै बेलामा जहाँ पनि जानुपर्ने भनेर अध्यक्ष ज्यू ले भन्नुभयो’ प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने, ‘गाउँपालिकाले खरिद गरेको गाडी अध्यक्षलाई चाहिने भएपछि बेनिघाट रोराङ गाउँपालिका ५ का दिपक सिलवालसँग बा १६ च ८३५२ नम्बरको रातो नम्बर प्लेटको स्कोरपिओ गाडी भाडामा लिएर चलाइएको हो ।’
गाउँपालिकाले मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने र तेल खर्च बेहोर्ने गरी नीजी गाडी भाडामा लिएको भट्टराईको भनाई छ । अध्यक्ष डल्लाकोटी चढ्ने स्कार्पियोलाई झण्डै ४९ लाख रुपैयाँ परेको छ । अनुमानित ७५ लाख रुपैयाँमा फोहोर उठाउन एउटा टिप्पर र ब्याक लोडर पनि गाउँपालिकाले खरिद गरेको छ । तर, यी गाडीहरुमा केकति इन्धन खर्च भए यसको विवरण खुलाइएको छैन ।
गाडी मर्मत खर्च
भाडाको गाडी बिग्रिएमा वा केही समस्या आएमा गाडी धनीले नै मर्मत गर्ने सर्तमा सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत भट्टराई बताउछन् । तर गाउँपालिकाको आय–व्यय विवरणमा भने १ वर्षको अवधिमा गाडी मर्मतको लागि मात्रै ७ लाख रुपैयाँ खर्च भएको देखाइएको छ । प्रमुख प्रशासकिय अधिकृत भट्टराईको भनाई अनुसार यो खर्च गाउँपालिकाका अध्यक्ष डल्लाकोटी चढ्ने बा २ झ ३३ ८० नम्बरको सेतो नम्बर प्लेटको गाडी मर्मत गर्दा मात्रै भएको खर्च हो ।
चालु आर्थिक वर्ष २०७४/७५ मा पनि गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले गाडी मर्मत खर्च भन्दै ३ लाख रुपैयाँ बुझेका थिए । २ वर्षको अवधिमा मात्रै गाउँपालिकाले एउटा गाडीमा १० लाख रुपैयाँ खर्च गरेको विवरणले देखाउँछ ।

चालु आर्थिक वर्षमा पनि लुट्ने मेसो !
गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि अध्यक्ष डल्लाकोटीले चढ्ने गाडीका लागि ६ लाख रुपैयाँ र कार्यालय प्रयोजनका लागि १८ लाख रुपैयाँ इन्धन चाहिने प्रस्ताव गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ४ लाख रुपैयाँ बढि अर्थात २४ लाख रुपैयाँ हो । गाडी मर्मत खर्च पनि बढि प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षका लागि गाडी मर्मतका लागि भन्दै ८ लाख रुपैयाँ प्रस्ताव भएको छ । गाउँपालिका अध्यक्ष मात्रै चढ्ने एउटा गाडी मर्मतका लागि अघिल्लो वर्षको तुलनामा १ लाख रुपैयाँ बढि लाग्ने अनुमान गरिएको हो । यसरी हेर्दा एउटै गाडीमा चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले १८ लाख रुपैयाँ खर्च गर्ने देखिएको छ ।
दियो पोष्ट बाट साभार
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ब्रम्हलुट
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्