नेपालको बजेट भन्दा बढी भयो ब्यापार घाटा ,१४ खर्ब आयत गर्दा निर्यात जम्मा ९ अर्ब

रामेश्वर ढकाल
नेपालले ६४ अर्ब २७ करोड ९० लाख रुपैयाँ सामान बेच्दा नौ खर्ब २४ अर्ब ७६ करोड रुपैयाँको सामान किनेको ९आयात० छ। यसले सार्क राष्ट्रसँग नेपालको व्यापार घाटा आठ खर्ब ६० अर्ब ४८ करोड ४१ लाख रुपैयाँ रहेको देखिन्छ।
जम्मा व्यापार ९३ प्रतिशत आयात र सात प्रतिशत निर्यात भएको छ। यस हिसाबले आयातको योगदान ९३ प्रतिशत र निर्यातको योगदान सात प्रतिशत रहेको छ। जम्मा व्यापारमा भने आयातको योगदान ९४ र निर्यात ६ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षमा १४ खर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात हुँदा मुलुकले बजेटभन्दा पनि ठूलो आकारको ब्यापार घाटा ब्यहोर्नु परेको छ। देशबाट बाहिरिने भन्दा भित्रिने वस्तुको मात्रा बढ्दै जाँदा ब्यापार घाटा चुलिँदै गएको हो ।
भन्सार विभागको अनुसार गत आर्थिक वर्षमा मुलुकले १३ खर्ब २१ अर्ब रुपैयाँ बराबरको ब्यापार घाटा ब्यहोर्नु परेको छ । जुन गत वर्षको बजेटभन्दा झण्डै ६ अर्ब रुपैयाँले धेरै हो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा एक खर्ब ५८ अर्बले बढेको हो।
गत वर्षको असार मसान्तसम्ममा बिभिन्न देशबाट १४ खर्ब १८ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात भएको छ भने ९ अर्ब ७१ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ ।
गत वर्षको १२ महिनामा कुल १५ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बैदेशिक ब्यापार भएकोमा १३ खर्ब रुपैयाँ भन्दा धेरैको ब्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ । नेपालले गत आर्थिक वर्षमा १५८ वटा देशसँग ब्यापार गरेकोमा २२ वटा देशसँगको ब्यापार मात्र नाफामा छ ।
नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ भने अर्को चीनसंग पनि ब्यापार घाटा बढी नै छ। गत आर्थिक वर्षमा नेपालले भारतसंग मात्रै ८ खर्ब ५५ अर्ब रुपैयाँको ब्यापार घाटा ब्यहोर्नु परेको छ ।
नेपालको वैदेशिक व्यापारमा चीन र भारतको ठूलो हिस्सा रहेको छ । गत आर्थिक वर्षमा नेपालले भारतबाट मात्र ९ खर्ब १७ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ६२ अर्ब ७३ करोड बराबरको सामान निर्यात गरेको छ। त्यस्तै चीनबाट २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको बस्तु आयात गर्दा २ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात गरेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ब्यापार घाटा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्