१८ सय ठेकेदारमाथि कारबाही गर्ने तयारी : गृहमन्त्री थापा

काठमाडौं । १८ सय ठेकेदारमाथि सरकारले कारबाही गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले ठेकेदारहरुमाथि कारबाही नरोकिएको बताएका हुन् । गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौताविपरीत काम गर्ने १८ सय ठेकेदारलाई कारबाही तयारी भइरहेको जानकारी गराए । ती ठेकेदारको कारबाहीका लागि अख्तियारमा फाइल पुगिसकेको उनको भनाइ छ ।
नेत्रविक्रम चन्द विप्लवसँगको वार्ताबारे पत्रकारले राखेको जिज्ञासामा उनले औपचारिक पत्र आदानप्रदान नभए पनि अनौपचारिक ढंगले संवाद चलिरहेको बताए । विप्लव समूहका गतिविधि चुनौतीका रुपमा रहेको उनले स्वीकार गरेका छन् । निर्मला पन्त हत्याकाण्डबारे भने उनले अनुसन्धान जारी रहेको दोहोर्याए । ’यो नयाँ घटना होइन । यस्ता घटना भइराख्छन,’ उनले भने, ’छानबिन र अनुसन्धान जारी छ ।’
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ठेकेदारमाथि कारबाही
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्