झोर स्थीत टोखा -छहरे सडक ,जहाँ गाडीलाई भैँसीलाई झैँ डोर्याउनुपर्छ

छहरे–टोखा मार्ग बिग्रँदा आवागमन कठीन चीनको केरुङ, रसुवा, नुवाकोट हुँदै काठमाडौं जोड्ने छोटो दूरीको छहरे–टोखा मार्ग बिग्रँदा आवागमन कठीन बनेको छ ।
काठमाडौंतर्फकै बाटोको अवस्था सबैभन्दा बढी बिग्रिएको हो । नुवाकोट लागेपछि पनि सडकको अवस्थामा कुनै सुधार भएको छैन ।
ठेकेदार कम्पनीको चरम लापरबाहीले यात्रीले सास्ती खेप्नुपरेको सरोकारवालाहरुको भनाइ छ । हिलोमा गडेको गाडीलाई निकाल्न र ठेल्नु टोखा, झोरवासीको दैनिकी नै बनेको छ । रसुवा–केरुङलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मानिने यो बाटो हरेक वर्षामा यस्तै नियति व्यहोर्दछ ।

हिलाम्मे अनि ठूला–ठूला भ्वाङ परेको सडक मर्मत नगर्दा दर्जनौं गाडी फस्ने गरेका हुन् । गाडी फसेपछि अत्यासलाग्दो पर्खाइमात्र होइन, अब त यो बाटोमा गाडी चलाउन नै निकै जोखिम भएको चालक बताउँछन् । एम्बुलेन्स फस्दा गर्भवतीले गाडीमै शिशु जन्माउने, बिरामीले उपचार नपाएर मर्नुपर्ने र यात्री अलपत्र पर्नु यो बाटोमा सामान्य घटनाजस्तै भएको छ । यही बाटोले काठमाडौंलाई चीनको केरुङसम्म जोड्दछ । जुन हाल प्रयोगमा आएका वैकल्पिक मार्गमध्ये छोटो सडक हो ।
बाटोको यो हविगत हुनुमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाही रहेको स्थानीयको गुनासो छ । ठेकेदार कम्पनी र सडक विभागलाई पटक–पटक दबाब दिँदा पनि बाटो नबनेको स्थानीय बताउँछन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #छहरे–टोखा सडक
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्