नासुको सरुवा गर्न ३२ सांसदको ताँती : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै सवै काम छाडेर धाउने गरेको रहस्य खोलिदिनुभएको छ । संघीय संसदको आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मन्त्री पण्डितले सो रहस्य खोल्नुभएको हो ।
राज्यब्यवस्था समितिले लोकसेवा आयोगले निकालेको बिज्ञापन रद्ध गर्न निर्देशन दिएपछि निकै आक्रोशित हुनुभएका मन्त्री पण्डित आजको छलफलमा भने निकै सालिन ढंगले प्रस्तुत हुनुभएको थियो । सर्वाेच्च अदालतले सो निर्देशन संबिधानबिपरित रहेको आदेश दिइसकेको छ । अदालतले लोकसेवाको बिज्ञापन संबिधानसम्मत रहेको भन्दै सरकार र मन्त्रीबिरुद्धको सवै हतियार निश्प्रभावी बनाएको हो ।
संघीय निजामती विधेयकमाथिको छलफलको क्रममा मन्त्री पण्डितले एक जना नायब सुब्बा (नासु) सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ भनसुनका लागि आएको बताउनु भयो । ‘एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभयो,’ कर्मचारीले कतिसम्म सांसदहरुलाई दुरुपयोग गराउँछन भन्ने तथ्य राख्दै मन्त्री पण्डितले भन्नुभयो ।
बैठकमा सत्तारुढ नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । ‘सबैले सोर्स फोर्स लगाउने, सत्तापक्षले पनि लगाउने प्रतिपक्षीले पनि लगाउने, पूर्व मननीयले पनि लगाउने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ,’ शर्माको भनाई थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लालबाबु पण्डित
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्