Techie IT
बिहीबार, असोज १५,२०७७

मन्त्रिपरिषद् पुनर्गठनको सोच छैनः प्रधानमन्त्री ओली


१२ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्ने कुनै सोच नभएको बताएका छन ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने कथा नेपालको जनतासँग प्रधानमन्त्री नामको एउटा शोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठनबारे आफूले तत्काल केही नसोचेको बताएका हुन ।  उनले भने ‘मन्त्रीमण्डल भनेको पुर्नगठन गर्दा हुन सक्ने चिज हो ।

तर, अहिले पुर्नगठनसम्वन्धि कुनै सोच मैले बनाएको छैन ।’ यता उनकै सचिवालयका कतिपय सदस्यले अब मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्दै तलाउमा ढुंगा हान्ने काम गरिरहेका छन । सबैभन्दा बढी त प्रचण्डले नै यो विषय उचालिरहेका छन ।

प्रधानमन्त्री निकटकै कतिपयले मन्त्रिपरिद् पुनर्गठनको तयारी भइरहेको भन्दै समाचार लेखाउने र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक पटक त्यही विषयमा प्रधानमन्त्रीसँग कुराकानी भैरहेको भन्दै राजनीति नै तरंगित बनाइरहेको समयमा प्रधानमन्त्री ओलीले तत्कालन त्यस्तो कुनै सम्भवना नरहेको बताएका हुन ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्रिपरिषद् पुनर्गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!