कर्णालीमा बेपत्ता जीप र १० यात्रु यसरी खोज्दैछ

हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप र १० यात्रु खोज्ने काममा सशस्त्र प्रहरीको गोताखोरले काम गरिरहेको छ । बुधबारबाट खोज्न सुरू गरे पनि पानीको बहाव तीब्र र चिसो भएपछि अाजका लागि स्थगित भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको सशस्त्रको गोताखोर टोली बुधबार बिहान हुम्ला पुगेको थियो । मंगलबार दिउँसो तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि गएको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौनामा अनियन्त्रित भइ कर्णालीमा खसेको थियो ।

जीपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ८ जना रहेको देखाएको छ । शाहीका भाइ चन्द्र हमाल, ढुकु भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, चन्द्र हमाल र सवारी चालक गणिजंग शाही पनि बेपत्ता रहेको आशंका गरिएको छ । गोताखोरले जारी राखेको खोजी तस्बीरमा हेर्नुहोस् ।
तस्बीर साैजन्यः सशस्त्र प्रहरी बल ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कर्णालीमा बेपत्ता जीप
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्