गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा उर्लियो जनसागर (फोटोफिचर)

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा बुधबार विशाल प्रदर्शन भएको छ ।
गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै #सम्बद्ध सरोकारवाला पक्षहरूले माइतीघरमा जनआन्दोलनकै झल्को दिने गरी प्रदर्शन गरेका हुन् ।
सरोकारवाला पक्षहरूको चर्को दबाब र विरोधका कारण सरकारले राष्ट्रियसभामा प्रस्ताव गरेको गुठी विधेयक मंगलबार फिर्ता लिएको थियो । सरकारले गुठी विधेयक फिर्ता लिए पनि त्यसक्रममा गुठीयारहरूमाथि अपमानजनक भाषाको प्रयोग गरेको भन्दै सरकारको विरोध भएको हो ।

विरोध प्रदर्शनका कारण पुरै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा प्रदर्शन सुरू उपत्यकाका विभिन्न स्थानहरूबाट र्याली र जुलुस निकालिएको थियो ।
र्यालीमा नेवार समुदायका विभिन्न झाँकी र बाजागाजासहित प्रदर्शन गरिएको थियो । उपत्यकाका तीनवटै शहर काठमाडौँ, भक्तपुर र ललितपुरबाट प्रदर्शन हजारौं नेवार तथा गैरनेवार समुदाय प्रदर्शनमा उत्रिएका थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गुठी विधेयक
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्