गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ : सांसद महेश बस्नेत

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ : सांसद महेश बस्नेत
नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भने । उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’ गुठीको जग्गा जोगाउन सरकार आक्रामक रुपमा प्रस्तुत भएको भन्दै गुठीको जग्गा हडपेर बनाइएको छायाँ सेन्टर समेत कब्जामा लिनुपर्ने बताए । उनले भने,‘छायाँ सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ ।’
काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्नेमा जोड दिए । सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्नेमा जोड दिए । गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको बताए । उनले भने,‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन् ।’
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गुठी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्