चार देशका लागि राजदूत नियुक्ति सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले चार देशमा राजदूत नियुक्तिका लागि सफारिस गरिएको छ । चार राजदूतको नियुक्ति सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अान्तरिक शक्ति सन्तुलन कायम राख्ने उद्देश्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको कोटामा समेत एक/एक जना राजदूत नियुक्तिका लागि सिफारिसमा परेका छन ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो । जसमा अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस भएका छन । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष प्रचण्डको कोटामा परेका हुन ।
बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् उनी माधव नेपाल निकट हुन । मिश्र र नेपाल दुबैको गृह जिल्ला राैतहट हो । यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन नेकपा एमालेका विदेश विभागका सदस्य हुन । उनी प्रधानमन्त्री निकटमा हुन । स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी हुन ।

प्रचण्ड निकटका दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष समेत हुन । गत निर्वाचनमा उनी नेपाली कांग्रेसको ललितपुरको सभामा सहभागी भएपछि निर्वाचन अायाेगले स्पष्टिकरण नै सोधेको थियो । दाहाल २०७५ असोज ९ गते नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा रातो टीक र खादा लगाएर नेकपा प्रवेश गरेका थिए । त्यसबेला उनलाइ प्रचण्ड र विष्णु पाैडेल लगायतले स्वागत गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राजदूत नियुक्ति
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्