Techie IT
शुक्रबार, फागुन १४,२०७७

नेकपाको सचिवालय बैठक आज पनि निष्कर्षविहीन


काठमाडाैँ, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि निष्कर्षविहीन भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बैठक बिनानिष्कर्ष स्थगित भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा ओली र नेपाल आ-आफ्नो अडानका साथ प्रस्तुत भएका थिए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच यसअघिनै ७७ जिल्ला इन्चार्ज र सह-इन्चार्जमा सहमति भएको थियो ।

आजको बैठकमा पनि मन्त्री र सांसद भएका केन्द्रीय नेतालाई जिल्ला इन्चार्ज र सह-इन्चार्ज बनाउने प्रस्ताव ओलीले गरेका थिए । तर,  प्रस्तावलाई वरिष्ठ नेता नेपालले स्वीकार गर्न नसकिने बताए ।

नेता नेपालले दुईवटा जिम्मेवारी एकै व्यक्तिलाई दिन नहुने तर्क गरेपछि ओली र नेपालबीच सवाल जवाफ समेत भएको एक सचिवालय सदस्यले जानकारी दिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको सचिवालय बैठक


तपाईको कमेन्ट लेख्नुहोस्