गणतन्त्र जनताको विजयको दिन हो : प्रधानमन्त्री ओली

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरेका छन् । प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थाका रुपमा चित्रण गरेका छन् । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली भनेका छन् ।
प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारजस्ता विषयहरुमा खासै बोलेका छैनन् । बरु उनले जननिर्वाचित संस्थाहरुको मर्यादामा बढ्ता जोड दिएका छन् । प्रधानमन्त्रीले सम्वोधनमा भनेका छन्, ‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।’
प्रधानमन्त्रीको सम्वोधनमा संस्थाहरुको मर्यादाका साथै देशको विकास र आर्थिक समृद्धिलाई जोड दिइएको छ । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएको र उत्पादन वृद्धिमा जोड दिएको बताएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गणतन्त्र
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्