छाया सरकारमा काँग्रेसको तीव्र असन्तुष्टि

जेठ ९, काठमाडौँ । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजोर प्रतिपक्षीको भूमिकामा रहेको काँग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ । सरकारमाथि मन्त्रालयगत रुपमै खबरदारी गर्न भन्दै काँग्रेसले सोमबार ५८ सदस्सीय छाया सरकार गठन गरेको थियो ।
छाया सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्। यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंह लगायत छन्।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छाया सरकार गठन गरेका थिए। कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ। छाया सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी संसदीय दलमा लिखित रूपमै गराएका छन्।
‘छाया सरकारमा पनि गुटगत व्यवस्थापनकै कुरा देखियो’, सिंहले भने, ‘सांसदहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिएको देखिएन।’ छाया सरकारमा सिंहलाई परराष्ट्र समितिमा राखिएको थियो। परराष्ट्रको संयोजकको जिम्मेवारी डा. नारायण खड्कालाई दिइएको थियो। याे खबर अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #छाया सरकार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्