भीषण हावाहुरीका कारण देबचुलिमा झण्डै ३ सय घरमा क्षती

कावासोती, ८ जेठ । नवलपुरको देवचुली नगरपालिकामा गएराति आएको हावाहुरीले झण्डै ३ सय घरमा क्षती पुर्याएको छ ।
हुरीसँगै असिनापानी परेपछि जनजीवन थप कष्टकर बनेको छ । देवचुली नगर उपप्रमुख पार्बता तिवारीले दिएको जानकारी गएराति आएको हावाहुरी र असिनाले झण्डै २ सय बढि घरको छाना उडाएको प्रारम्भिक अनुमान छ ।
देवचुली नगरमा हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर पुर्णकुमार श्रेष्ठ, उपप्रमुख तिवारीसहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।
नगरपालिकाको वडा नम्बर ६ , ७ , ८ , ९ ११, १२ र १४ मा रहेका घरको टिन र खरको छानो उडाएको उपप्रमुख तिवारीले बताइन् । तर, मानवीय क्षति भने भएको छैन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भीषण हावाहुरी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्