एसिड प्रहारबाट जेनी गम्भीर घाइते

२ जेठ । राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।
प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #एसिड प्रहार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्