नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

२९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच १६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लामो समय युद्धबाट गुज्रिएका दुवै देशबीच कुटनीतिक राहदानीबाहकलाई यात्रका क्रममा भिसा नचाहिने सहमति भएको छ। यो सहमतिपछि दुई देशबीच कुटनीतिक सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ । सम्झाैतापछि दुवै देशले १६ बुँदे संयुक्त वक्तब्य जारी गरेका छन । सहमतिमा भियतनामले नेपालको कृषि क्षेत्रमा सघाउने लगायतका विषय समेटिएका छन ।

सहमतिमा दुबै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन । व्यापार र लगानीबारेमा पनि समझदारी भएको छ । दुई देशले ब्यापार तथा लगानी सम्झौता निकट भविष्यमा गर्ने समझदारी गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको भ्रमणका क्रमममा नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने अर्को महत्वपूर्ण सहमति समेत भएको छ।
भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन र अपराध नियन्त्रणमा सहकार्य बढाउन चाँडै सम्झौता गर्ने सहमति पनि गरिएको छ। भेटवार्ताका क्रममा भियतनामका प्रधानमन्त्री ग्युगन सुआन फुकले अबको २ वर्षभित्र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री अोलीले भियतनामी समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाल र भियतनाम
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्