चन्द्रागिरी वन कब्जा गरेर व्यापारी चन्द्र ढकालको अबैध ‘साम्राज्य’

काठमाडौं, २७ वैशाख । विवादास्पद व्यापारी चन्द्र ढकालले सरकार वन कब्जा गरेर क्षेत्राधिकारभन्दा बाहिर गइ बनाएका भौतिक संरचना अवैधानिक रहेको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
ढकालको चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको छ ।
वातावरण विभागले चन्द्रागिरी हिल्सलाई कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को धारा १८ (१) अनुुसार कारबाही गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
चन्द्रागिरी हिल्सले होटेलको संरचना निर्माण गर्दा ईआईए प्रतिवेदनलाई बेवास्ता गरेको अध्ययनका क्रममा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अबैधानिक कार्य तुरुन्त बन्द गराउन सक्ने र त्यस्तो कार्य गर्ने कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसुरको मात्रा हेरी एक लाख रुपियाँसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ ।
विभाग महानिर्देशक नारायणप्रसाद सापकोटाले विभागलाई कारबाही गर्ने अधिकार नभएकाले मन्त्रालयसमक्ष सिफारिस गरिएको बताएका छन् ।
चन्द्रागिरी हिल्सले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरणमैत्री र कटेज नभई कंक्रिट टावर बनाएको छ ।
०६९ भदौ १९ मा स्वीकृत चन्द्रागिरीको ईआईए प्रतिवेदनमा वातावरणमैत्री ४० वटा कटेज निर्माण गरिने उल्लेख छ । तर, सहमति विपरित कंक्रिटका भवन बनाएर विवादास्पद व्यापारी ढकालले राज्यलाई ठाडो चुनौती दिएका छन् ।
चन्द्रागिरी हिल्सले निर्माण गरेको केवल कार र होटेलको शुरूदेखि नै विवाद र विरोध हुँदै आएको छ । तर, ढकालले राज्यलाई जबर्जस्ती पेलेर संरचनाहरू बनाएको प्रतिवेदनले नै देखाएको छ ।
स्वीस बैंकमा नेपालबाट अर्बौं रुपियाँ राखेको भनेर केही समय अगाडि ढकालको नाम खोजपत्रकारिता केन्द्रले सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चन्द्र ढकाल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्