नेपालमा ‘फानी’को प्रभाव देखियो ,सबै आन्तरिक उडान ठप्प

भारतमा विकसित शक्तिशाली ‘फानी’ आँधीको प्रभाव नेपालमा सुरु भएको छ । माैमविद्का अनुसार बंगालको खाँडीमा बनेको चक्रवात फानीको प्रभावले अहिले नेपालको पूर्वी क्षेत्रको मौसम पूरै बदली भएको छ। त्यहाँ हुरीबताससहित पानी पर्न थालेको छ।
आँधीको असर विशेषगरी पूर्वी र मध्य क्षेत्रमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार फानी नै नेपाल आउने होइन तर, यसको प्रभाव भने पर्नेछ । फानी नै नेपाल आउने सम्भावना एकदमै कम छ ।
बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ ।
मौसमविद् पोखरेलका अनुसार फानी भारतको उडिसा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले नेपालका पूर्वी र मध्य क्षेत्रमा असर पर्ने भएको हो।
त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।
त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #फानी’को प्रभाव
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्