Techie IT
सोमबार, असोज ८,२०८०

यि हुन नेपाल र चिन बिच भएका सात बुँदे सम्झैता


काठमाडौं  नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेका हुन् ।

यातायात तथा पारवाहन प्रोटोकलमा हस्ताक्षरसँगै औपचारिक रूपमा नेपालको समुद्रसँगको सम्पर्क एकतर्फी भारतमा मात्र रहँदै आएकोमा नेपालले चीन तर्फबाट पनि समुद्रसम्म पहुँच कायम भएको छ ।

साढे १६ अर्ब रुपैयाँ अनुदानको घोषणा

चीनले नेपाललाई १ अर्ब युआन (करिब साढे १६ अर्ब रुपैयाँ) अनुदान सहयोग दिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार भएको महत्वपूर्ण भेटवार्तापछि चीनले सहयोगको घोषणा गरेको हो ।

बेइजिङस्थित नेपाली राजदूतावासले चीनले नेपालमा सञ्चालन गरेका विभिन्न परियोजना, नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर बृद्धि, भूकम्पले पुर्याएपछिको पुनर्निर्माण लगायतका कार्यमा खर्च हुने गरि यो अनुदान दिइएको जनाएको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चीनसँग भएका सात सम्झौता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Mostly Cloudy
5:53 am5:57 pm +0545