बंगलाको खाडीबाट आउने आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह

काठमाडौं । आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरिएको छ। भारतीय मौसम विभागले बंगलाको खाडीबाट आउने फेनी तूफानलाई लिएर यस्तो चेतावनी दिएको हो ।
यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको छ । फेनी तुफान उत्तर–पश्चिमा झन बढ्ने सम्भावना रहेको र त्यसपछि विस्तारै यो उत्तर–पूर्व बढ्नेछ । मौसम विभाग चेन्नईका अधिकारी एस बालचन्द्रनका अनुसार आइतबार राति र सोमबार विहानसम्म चक्रवाती तूफान तेज हुने सम्भावना रहेको छ ।
यस्तो तूफान ३० अप्रिल र १ मे सम्म तामिलनाडु र दक्षिण आन्ध्र तट को छेउमा पुग्न सक्ने पनि उनले बतए । चक्रवाती तूफान मे १ पछि आफ्नो दिशा फेर्ने र उत्तर पूर्वमा बढ्ने भारतिय मिडियामा उल्लेख छ । चक्रवाती तूफान (फानि) बंगालका खाडि र छिमेकी दक्षिण–पूर्वी खाडी मा ५ः३० बजे सम्म केन्द्रित रहने , जुन त्रिकोमाली (श्रीलंका) बाट लगभग सात सय ४५ किलो मिटर पुर्वमा रहेको चेन्नई (तामिलनाडु) बाट एक हजार ५० किलोमिटर दक्षिण – पूर्व मा र तमिलनाडु दक्षिण–पूर्व मा मछलीपट्टनम (आन्ध्र प्रदेश) बाट एक हजार दुईसय ३० टाढा रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #आँधी तुफान
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्