आज लोकतन्त्र दिवस , विविध कार्यक्रम गरिँदै

काठमाडौं, ११ वैशाख । लोकतान्त्रिक जनओन्दोलनबाट देशमा लोकतन्त्र आएको बुधबार १३ वर्ष पुगेको छ । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते बुधबार विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ ।
विसं २०६२–०६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
आन्दोलनको जगमा तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्था अनुसारको चुनावी यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि समृद्ध र साँचो अर्थको प्रजातान्त्रिक तथा भ्रष्टाचार मुक्त देश बनाउनु अहिलेको चुनौति हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लोकतन्त्र दिवस
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्