योजनाबद्ध विकासले मात्रै देशले समृद्धि हासिल गर्छ : पूर्व मन्त्री भुसाल

ललितपुर ।पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका ०५ नम्बर वडाद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम माझ नेतृ भुषालले उक्त धारणा राखेकी हुन ।
नेतृ भुषालले कार्यक्रम माझ बोल्ने क्रममा आउदो आर्थिक बर्षमा लगनखेल स्थित पोखरी पुनर्निर्माणमा सांसद कोष मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् । त्यसैगरि कार्यक्रम माझ प्रदेश सांसद राजकाजी महर्जनले पोखरी पुनर्निर्माणमा कोषमार्फत पचास लाख सहयोग गर्ने घोषणा गरेको जानकारी गराईइको थियो । कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपालले ललितपुर महानगरपालिका ०५ नम्बर वडाले नमुनायोग्य कार्य गर्दै आएको बताउदै वडामा देखिने समस्यालाई निकास दिन वडा कार्यालय सफल हुने विश्वास ब्यक्त गरिन ।
त्यसैगरि सभापतिको आसनबाट कार्यक्रम माझ बोल्दै ललितपुर ०५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वडाले विकास निर्माण, सामाजिक विकास जस्ता जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका वडा ईकाई अध्यक्ष सानुलाल श्रेष्ठले दलगत स्वार्थ भन्दा गुण र दोषका आधारमा कामको मुल्यांकन हुनुपर्ने बताउदै ललितपुर ०५ नम्वर वडाले राम्रो काम गर्दै आएको बताएका थिए ।
कार्यक्रममाझ वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले वडा कार्यालयबाट जनताका काम छिटो छरितो र प्रभावकारी तवरले सम्पन्न गर्न जनप्रतिनिधीका हैसियतले आफूहरु प्रतिबद्ध रहेको बताए । सोही कार्यक्रम माझबाट पूर्वमन्त्रीद्धय पम्फा भुषाल, शुशिला नेपाल र प्रदेश सांसद राजकाजी श्रेष्ठले वडाको श्वेत पत्र एबम् पात्रोको अनावरण गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पम्फा भुषाल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्