Techie IT
सोमबार, मंसीर १५,२०७७

दरबन्दी टुङ्गो लगाउँदै महानगरपालिका


काठमाडौँ । ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ ।

 

पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।

 

उपमहानगरपालिकाबाट महानगरपालिमा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन् ।

 

सङ्घीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उनले बताए । महानगरपालिकामा तीन सयभन्दा बढी कर्मचारी रहेका छन् ।

 

महानगरले विज्ञहरुका सुझावका आधारमा दरबन्दी व्यवस्थापन हुने बताएको छ । उनले भने, ‘महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ ।’

 

उपमहानगरपालिका महानगरपालिका बनेको दुई वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी निर्धारण हुन सकेको थिएन । सङ्घीय सरकारको समायोजनपछि नै यहाँको दरबन्दीको टुङ्गो लाउने महानगरले बताउँदै आएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545