बालुवाटारको जग्गा छानविन प्रभावित पार्न खोज्ने अख्तियारका अनुसन्धान प्रमुख कारबाहीमा

४ वैशाख, काठमाडाैँ । बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोज्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान महाशाखाका प्रमुख कारबाहीमा परेका छन । अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीले छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि उनलाइ कारबाही स्वरूप सरूवा गरिएको अाजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, केही गम्भीर गुनासो भएपछि अरू नियमित सरुवाका माझमा उनलाई पनि फर्काइएको हो । न्याय सेवा आयोगमा उनको सरुवाबारे औपचारिक निर्णयसमेत भएको छैन । आयोगमा विचाराधीन र सबैभन्दा संवेदनशील उजुरीमै चलखेल भएको थाहा पाएपछि केही ऊजुरीकर्ताले महान्यायाधिवक्ता कार्यालयमा समेत खबर गरेका थिए । केही कानुन व्यवसायीले अख्तियार र महान्यायाधिवत्ता कार्यालय दुवैतर्फ यसबारे गुनासो गरेका थिए । ललिता निवासको जग्गामाथि एकसाथ दुई निकायमा कारबाही प्रक्रिया अघि बढिरहेको थियो ।
कान्तिपुरका लेखिएको छ ‘ललिता निवासको जग्गासम्बन्धी उजुरी छानबिनका लागि अख्तियारले उहाँलाई नै अनुसन्धान अधिकृत तोकेको थियो,’ स्रोतले भन्यो, ‘उहाँका कतिपय क्रियाकलापबारे उजुरी आएपछि निगरानी बढाएका थियौं, केही क्रियाकलाप पदीय मर्यादा र आचारसंहिताविपरीतको पुष्टि भएपछि यहाँ राख्नु ठीक हुँदैन भनेर महान्यायाधिवक्ता कार्यालय फिर्ता गरिदिन आग्रह गरेका हौं, उहाँ फिर्ता जाँदै हुनुहुन्छ ।’
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभिक्रको जग्गा व्यत्तिका नाममा दर्ता भइसकेको प्रतिवेदन दिएको हो । प्रतिवेदनअनुसार बालुवाटार र वरपरको १ सय १३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालुवाटारको जग्गा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्