गुल्मीमा निर्माणाधिन पुल भत्किदाँ ठेकेदारसहित पाँच जना घाइते

२ वैशाख, गुल्मी । गुल्मीको मुसिकोट नगरपालीकामा अवस्थित बडिघाट खोलामा निर्माणाधिन पुल भत्किदाँ ठेकेदारसहित पाँच जना घाइते भएका छन । मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आईतवार ढलान गर्ने क्रममा भत्किएको प्रत्यक्षदर्शीले बताएका छन । पुल भाँचिदा ठेकेदारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले बताएका छन ।
घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेकाछन् । घाइतेहरुलाई उपचारका लागि वाग्लुङ्गको हटिया लगिएकोमा पछि थप उपचारका लागि काठमाडाैँ लगिएको छ । घाइते मध्ये ठेकेदार इटनीको अवस्था गम्भीर रहेको छ । गएको तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको ५८ मिटर लम्बाई रहेको दुई वटा पिल्लरसहितको पुल ढलानको क्रममा भाँचिएको हो । पुल निर्माणको जिम्मा वाईपी जनवुद्ध निर्माण सेवाले गरिरहेकाे थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पुल भत्किदाँ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्