Techie IT
बिहीबार, मंसीर १४,२०८०

प्रधानमन्त्री निवास किनबेच भएको छैन, विष्णु पौडेल ठगीए : सरकारका प्रवक्ता


काठमाडौं, २८ चैत । सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् ।

यस्तै सोही प्रकरणमा मुछिएका तर स्पष्टीकरण दिइसकेका नेकपा महासचिव विष्णु पौडेल ठगीमा परेको उनले बताए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा विहीबार पत्रकारसँग बास्कोटाले भने,‘ललिता निवासको जग्गा किनबेचबारे छानबिनका लागि बनेको शारदाप्रसाद त्रिताल समितिको सिफारिस अनुसार रोक लगाइएको छ, केही कुरा आए कारबाही पनि हुनेछ ।’

उनले प्रमनिवास छेउको जग्गा किनबेच भएको बताउँदै भने,‘सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व हो, दोषी कोही भेटिए उम्किँदैन ।’


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रधानमन्त्री निवास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Mostly Cloudy
6:35 am5:08 pm +0545