अझै हटेको छैन मनाङमा हिउँ ,हेर्नुहोस १० तस्विरमा

हिमालपारीको जिल्ला मनाङमा हिउँ अझै हटेको छैन । हिउँद नजिकदै गर्दा समेत मनाङका बिभिन्न गाँउहरु सेताम्बै छन । बर्षा र हिमपातका कारण मनाङको जनजीवन प्रभावित भएको छ ।
सदरमुकामसहित जिल्लाका १३ वटै गाविसमा बाक्लो हिउ परेको छ । पाइपमा पानी जमेपछि सर्वसाधारण्ँले हिउ पगालेर निस्किएको पानी पिउन बाध्य भएका छन् । हिमपातका कारण एकमात्र हुम्डे विमानस्थलपनि बन्द छ । हिउँद शुरु हुनासाथ मनाङ्गमा चिसो बढ्न थाल्ने भएकाले अधिकाँश बासिन्दा भने यसअघि नै जिल्ला छाडेर लमजुङ लगायत अयन्त्र झरिसकेका थिए । हाल मनाङमा केही स्थानीय बासिन्दा र केहि कार्यलयका कर्मचारी र ब्यापारीहरुमात्र रहेका मनाङबाट विपि लामाले जानकारी दिए ।
हिमपातले अन्नपूर्ण पदमार्गका पर्यटकलाई कठिनाइ परेको पर्यटन ब्यवसायी विनोद गुरुङले वताए । हिमपातसंगै अन्नपूर्ण पदमार्ग र ५ हजार ४ सय १६ मिटरको थोराङला भञ्ज्याङ चढ्न हिडेका पर्यटकहरु गन्तब्यमा पुग्न सकेका छैनन् । मनाङमा परेको हिउ २र३ फिटसम्म जमेपछि स्थानीयवासिन्दा पनि समस्यामा परेका हुन ।
मनाङमा हाल यातायत भने संचालनमा आएको छ ।
तस्विर : बिनोद गुरुङ्ग
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मनाङमा हिउँ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्