नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधारल्याउनुपर्छः प्रधानमन्त्री ओली

२७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गरेका हुन् ।
विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानूनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सबैभन्दा पहिला विमानस्थलका अधिकृतलाई तालीम दिनुपर्दछ, उनीहरुलाई दम्भ छोड भन्नुपर्छ, देशको ‘इमेज’ बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन, विमानस्थलमा त नेपालका बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो”, प्रधानमन्त्री ओलीले थपे ।
प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई एकजुट भएर लाग्न आग्रह गरे । सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्नेमा उनले जोड दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विमानस्थलका कर्मचारी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्