अमेरिका जानु अगाडि प्रचण्डले किन भेटे फ्रि तिब्बतका विवादित व्यक्ति ?

काठमाडौं, ५ चैत । फ्रि तिब्बत मुभमेन्टसँग नाम जोडिएका विवादित व्यक्ति मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेको खुलासा भएको छ ।
ललितपुरको खुमलटारस्थिट निवासमा १३ मार्चका दिन दाहालले तान्पेइसँग भेटेका हुन् । भेटवार्तामा के–के कुरा भएको थियो केही बताइएको छैन । तर, दाहाल र तान्पेइबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हुन सक्ने स्रोतको भनाइ छ ।
बौद्ध धर्मगुरु तान्पेइले भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामासँग बेलाबेला भेट्ने गरेका छन् । तान्पेइका सहयोगीहरू पनि दलाई लामाका अनुयायी हुन् ।
दाहाल प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा तत्कालीन समयमा उनले तान्पेइसँग नयाँदिल्लीमा पनि भेटेका थिए । त्यो भेट विवादमा परेको थियो ।
अमेरिका जानु अगाडि दाहालले विवादास्पद धर्म गुरु मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटे गर्नुलाई विभिन्न थरी आशंकाबाट हेरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्