पृथ्वी दुई हजार बर्ष यताकै सबैभन्दा बढि तात्यो

विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ ।
मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो ।
चीनको दक्षिणपश्चिम यूनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित सानो तालमा रहेको जमिनको सतहमा गरिएको हावाको मात्रात्मक रेकर्डको अध्ययनबाट वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन् ।
‘चाइनिज एकेडेमी अफ साइन्सेस र कोलम्बिया यूनिभर्सिटी’ ले यही मार्च महिनामा सार्वजनिक ‘अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जोर्नल रिपोर्टमा उक्त कुरा दावी गरिएको छ ।
विगत दुई हजार बर्षमा पृथ्वीको जलवायु प्रणालीमा प्राकृतिक घटनाभन्दा मानव विकास र उत्पत्तिजन्य कार्यका कारण उत्सर्जन भएको हरितगृह ग्यासका कारण बढी प्रभावित बनेको जनाइएको छ । तर यो अनुसन्धानपूर्व जलवायुका बिषयमा रहेका तथ्याङ्कले विभिन्न महादेशको करिब एक हजार बर्षको रेकर्ड देखाएका थिए ।
पानी र हावाले जम्मा गरेका तियानकाई तालका सतहका नमूना (सेडिमेन्ट स्याम्पल), जुन समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेका छन्, ले दुई हजार बर्ष पहिलेको जलवायुबारेको तथ्याङ्क उजागर गरेको हो । उक्त नमूनाहरूलाई मानवीय गतिविधिले प्रभावित नगरेको र यसले हजारौँ बर्ष पहिलेको तापक्रमको उतार–चढावलाई मापन सम्भव भएको अनुसन्धान रिपोर्टमा दावी गरिएको छ ।
उच्च पहाडी वा हिमाली क्षेत्र जलवायु परिवर्तनका हिसावले संवेदनशील मानिने अनुसन्धान समूहका सदस्य झाओ चेङले बताए । “सोलार विकिरण तथा ज्वालामूखी गतिविधि जलवायु प्रभावका प्रमुख स्रोतका रूपमा रहने गर्छन । तर बिसौँ शताब्दीको पछिल्लो पाँच दशकमा मानवविकास र उत्पत्तिसम्बन्धी गतिविधि तापक्रम वृद्धिको प्रमुख कारक बन्ने गरेका छन्,” उनले भने । –एजेन्सी
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पृथ्वी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्