Techie IT
बिहीबार, मंसीर १४,२०८०

सिंहदरबारका भ्रष्टाचार गाउँ गाउँमा पुग्यो -नेता के.सी


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयताको मर्मअनुरुप सिंहदरबारका अधिकार गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको आरोप लगाउनुभएको छ ।

नेपाली काङ्ग्रेस कास्कीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वाइडबडी, फोर ‘जी’ लगायतमा आर्थिक अनियमितता भएको र त्यसको स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले काङ्ग्रेसले भ्रष्टाचारीलाई नबोक्ने बताउनुभयो । संसद्मा संसदीय समिति शक्तिशाली हुने चर्चा गर्दै उहाँले समितिले छानबिन गरिरहेका अवस्थामा सरकारबाट न्यायिक समिति बनाइनु जायज नभएको धारणा राख्नुभयो ।

नीतिगत त्रुटी, नेतृत्वगत कमजोरी लगायतका कारणबाट नेपाली काङ्ग्रेस कमजोर बनेको उल्लेख गर्दै नेता केसीले एकआपसमा दोषारोपणभन्दा पनि सुधारवादी आन्दोलन आवश्यक छ भन्नुभयो । पार्टी व्यक्तिबाट नभइ विधिबाट चल्नुपर्ने र कार्यकर्ताले पनि विवेकलाई बन्दी बनाउन नहुनेमा उहाँको जोड छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भ्रष्टाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
17°
Partly Cloudy
6:35 am5:08 pm +0545