यातायात क्षेत्रको सिण्डिकेट कायमै

सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी व्यावसायीले व्यवहारतः अहिले पनि सिण्डिकेट कायम रहेको जिकिर गरे । पेशागत हकहित र मर्यादालाई संस्थागत गर्दै यातायात क्षेत्रको गुणस्तरीयता, विश्वसनीयता, सुरक्षा, सहज उपलब्धता, सामाजिक सुरक्षालगायत कार्यक्रम घोषणा गर्दै व्यवसायी अघि बढे पनि स्वतन्त्ररुपमा व्यवसाय सञ्चालन गर्न नपाएको गुनासे गरे ।
महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रमा अधिपत्य जमाएर बसेको सिण्डिकेटधारी केही व्यवसायीले अहिले पनि अनेक भ्रम सिर्जना गर्दै सिण्डिकेट अन्त्यको निर्णय उल्ट्याउन लागिपरेको बताउनुभयो । उहाँले एकाधिकार चाहने यातायात सङ्घ तथा समितिलाई यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गर्नुपर्ने समयसीमा पटकपटक थप गर्ने निर्णयले सरकारको दोहोरो भूमिका देखिएको बताउनुभयो ।
यात्रु र ढुवानी सेवामा भारतीय गाडीको दबदबा रहेको जिकिर गर्दै अध्यक्ष अधिकारीले अनधिकृतरुपमा नेपाल प्रवेश गर्ने ती भारतीय सवारी साधन नेपाल सरकारले नियमन गर्नुपर्ने बताउनुभयो । महासङ्घका महासचिव गणेश उप्रेती सिण्डिकेटरहित गुणस्तरीय यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीले विकास र समृद्धिको मेरुदण्डका रुपमा रहेको सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन व्यवसायी स्वयं अग्रसर भएर लाग्नुपर्ने बताएका थिए । सो महासङ्घमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकृत भएका १५० भन्दा बढी कम्पनी आबद्ध छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #यातायात क्षेत्रको सिण्डिकेट
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्