Techie IT
मंगलबार, मंसीर १६,२०७७

  टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित


काठमाडौ ।हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रबीन्द्र अधिकारीको शवलाई  टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

 

पोष्टमार्टममा समय लागेपछि अन्तिम श्रद्धाञ्जली कार्यक्रममा ढिलाई भएको हो । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भोलि बिहान ८ बजेदेखि १० सम्म अन्तिम श्रद्धाञ्जलीका लागि अधिकारीको शवलाई टुँडिखेलमा राखिनेछ । अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका अरुको पनि शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भनिएको थियो ।

 

अधिकारी लगायत दुर्घटनामा निधन भएका अन्यको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको मात्रै शव चिनिने अवस्थामा छ । अन्यको शव पहिचान गर्ने काम भइरहेको चिकित्सकहरुले बताएका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #श्रद्धाञ्जली सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545