नेकपा : राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध

नेपाल कम्युनिष्ट पार्टी [नेकपा] ले पार्टीमा विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको स्पष्ट गरेको छ ।
आजको केन्द्रीय सचिवालयको बैठकले हालैका दिनमा भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाउँदै पार्टीको दृष्टिकोण र नीति स्पष्ट तथा स्थिर रहेको र पार्टी संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध रहेको ठहर गरेको हो ।
महासचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने भनिएको छ । विज्ञप्तिमा कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्ने जनाइएको छ । पार्टी विश्व शान्ति, समझदारी र समृद्धिको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्