भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न

सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।
विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो ।
प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिनुभयो ।
विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताउनुभयो ।
प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । कार्यक्रमअन्तर्गत शनिबार गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भैँसी सुन्दरी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्