कृषिलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउन आवश्यक–कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने बताउनुभयो ।
मन्त्री खनालले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्रागाङ्रिक मलको प्रयोग बढाउन विशेष योजनाका साथ कार्य भइरहेको बताउनुभयो । कपिलवस्तुको कृषियोग्य जमीनको लागि जिल्लाको विजयनगर गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषि व्यवस्थापन गर्न लागिएको पनि उहाँले जानकारी दिनुुभयो ।
मन्त्री खनालले अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको बताउँदै दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ भन्नुभयो । भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेकामा मन्त्री खनालको जोड छ ।
कार्यक्रममा प्रदेश नं ५ का सांसद अर्जुनकुमार केसीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवं गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कृषिलाई व्यवसायीकरण
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्