काठमाण्डौं मलमा उद्योग वाणिज्य संघका कर्मचारी माथि आक्रमण

काठमाडौं, २० पौष- काठमाण्डौं मलमा उद्योग वाणिज्य संघ काठमाण्डौँका कर्मचारी माथि आक्रमण भएको छ । ब्यवसाय माथि भईरहेको दमन र समस्या विषयमा काठमाण्डौं मलका ब्यपारीहरुले पहल गर्दिन अनुरोध गरेपछि शुक्रवार उद्योग वाणिज्य महासंघमा छलफलका लागि कार्यक्रम तय गरिएको थियो ।
सोहि कार्यक्रमको निमन्त्रणा दिन गएका उद्योग वाणिज्य संघ काठमाण्डौंका कर्मचारीलाई काठमाण्डौं मल कब्जा गरेर बेसेका गुन्डाहरुले आक्रमण गरेका हुन ।
मलका कार्मचारीका अनुसार मललाइ अर्निणयको बन्दि बनाएर मल कब्जा गरेर बसेका नाईके केशब सापकोटाको ठाडो निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि आक्रमण भएको हो । सन्चयकोषले काठमाण्डौ मलका ब्यपारीहरुलाई पुष देखि पैसाको कारोवार कोहि संग नगर्नु भन्ने सुचना गोर्खा पत्र मार्फत जारी गरीसके पनि पुष महिनाको भाडा राजु गोर्खाली लाई दिनु पर्छ भन्दै आफैले बनाएको समितिको खातामा पैसा हाल्न थर्काउदै आएपछी मलका ब्यवसायीहरु उद्योवाणिज्य संघ काठमाण्डौमा पुगेका थिए ।
महानगरीय प्रहरी वृत्त जनसेवा (डिएसपी) टेकुनन्द इवा लिम्बुका अनुसार घटनाको जानकारी आई सकेको र काठमाण्डौं जिल्ला प्रशासन र महानगरीय प्रहरी परिसर काठमाडौंकोमा समेत जानकारी गराइसकेको र थप अनुसन्धान गरीरहेको बताए । उद्योग वाणिज्य संघ काठमाण्डौंले भने सम्वन्धीत निकायहरुमा उजुरी दिने बताएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #आक्रमण
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्