सांसद चौधरीको शपथ

प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ ।
सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ ।
शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गर्नुभएको थियो ।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताउनुभयो ।
शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी हुनुहुन्थ्यो ।
सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पु¥याइएका चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभाका सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रेशमलाल चौधरी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्