नेकपाको स्थायी कमिटी बैठकः भीम रावलको ३४ बुँदे लिखित सुझाव

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठकमा मंगलबार ८ जना सदस्यले आ–आफ्नो धारणा राखेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले धारणा राखेका हुन् ।
मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरू भिम रावल, शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले सरकारको र नेतृत्वको बचाउ गर्दै आफ्नो धारणा राखेका छन ।
बैठकमा भीम रावलले नेतृत्वलाई १४ पृष्ठ लामो लिखित सुझाव नै पेश गरेका छन । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग समेत गरेका छन । अन्य नेताहरुले पनि पार्टी र सरकारभित्र देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै जनतामा आशा छर्ने काम गर्दै जानुपर्नेमा जोड दिएका छन । बैठक बुधबार विहान ८ बजे पुनः धुम्बाराहीमा बस्नेगरी स्थगित भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको स्थायी कमिटी बैठकः
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्