मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा २७ वटा आवास भवन निर्माण गर्ने

काठमाडौं । सरकारले राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरुका लागि ललितपुरको सैवु भैंसेपाटीमा २७ वटा आवास भवन निर्माण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले ललितपुर महानगरपालिकाको सैवु भैसैपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि थप १४ वटा भवन समेत निर्माण गर्ने निर्णय गरेको छ ।
बिहीबार एक विज्ञप्तिमार्फत सरकारका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पूल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा समेत १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय भएको बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भैंसेपाटीमा २७ वटा आवास भवन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्