नुवाकोटमा तादी गाउँपालिकाका कर्मचारीहरु काममा प्रभाव पर्ने गरी भ्रमणको तयारीमा कर्मचारीहरु, १० लाखको हिनामिना

नुवाकोट जिल्ला तादी गाउँपालिकाका कर्मचारीहरु काम नै अवरुद्ध हुने गरेर भ्रमण जाने तयारीमा रहेको एक स्थानीयवासीले जानकारी दिएका छन् । स्थानीयवासीका अनुसार कार्यालयमा कार्यरत १६ जना कर्मचारीहरु करिब १० लाख रुपियाँको खर्चमा मंसिर ७ गते देखि मंसिर १४ गते सम्म रारा मुगु लगायतका विभिन्न क्षेत्रहरुमा भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेपछि राज्यकोषको ढुकुटीबाट ठूलो रकम निकालेर अनावश्यक भ्रमण लगायतका गतिविधिहरु प्छिल्लो समय बढिरहेको कुरा उठिरहेको बेला नुवाकोटमा हुन लागेको भ्रमणले यसलाई थप पुष्टि गरेको छ ।
सरकारले फजुल खर्च रोक्नको निम्ति प्रतिवद्धता जनाएपनि नुवाकोटको तारी गाउँपालिकामा कार्यालयका सम्पूर्ण गतिविधिहरु बन्द नै गरेर कर्मचारीहरु लामो समयको लागि घुमफिरमा जान लागेको जानकारी पाएका स्थानीयहरुहरु सरकारी कर्मचारीहरुको चाला देखेर चिन्तित भएका छन् ।
सरकारले साउन १ गते देखि हाल सम्म उपलब्ध हुँदै आएका विभिन्न सेवाहरुमा व्यापक कटौती गरेको छ । अहिलेको व्यवस्था बमोजिम सरकारले महँगी र स्थानीय भत्ता बाहेक अन्य सुविधाहरु कटौती गरेको छ ।
उक्त गाउँपालिकाबाट भ्रमणमा जान लागेका कर्मचारीमा प्रमुख कार्यकारी अधिकृत, सूचना अधिकृत, लेखा अधिकृत, इन्जिनियर सहित आयुर्वेदिक विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग र सूचना प्रविधि विभाग लगायतका विभिन्न शाखा तथा विभागमा रहेका प्रमुखहरु सहितका १६ कर्मचारीहरु छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तादी गाउँपालिका
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्