राणा परिवारले सरकारलाई बेचेको ८ सय ८ रोपनी जग्गाकाे सिंहदरवारको लालपुर्जा कहाँ छ ?

काठमाडौं, १६ मङ्सिर । सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ ।
सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ ।
सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो ।
सचिवालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले लालपुर्जा आफूहरुसँग रहेको बताउनुभयो । ‘लालपुर्जा सरकारको नाममा छ’ –उहाँले भन्नुभयो ।
राणा परिवारले सरकारलाई सिंहदरबारको जग्गा बेचेका हुन् । सिंहदरबारमा ५० भन्दा बढी सानाठूला भवन रहेका छन् । सिंहदरबारभित्र भवन बनाउने र त्यसलाई व्यवस्थापन गर्ने काम पनि सचिवालयकै हो ।
उपत्यका भवन मर्मत सम्भार डिभिजनको नाम परिवर्तन भएर संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय बनेको हो, यसको कार्यालय खुसिबुमा रहेको छ ।
व्यवस्थापन कार्यालयले विशेष गरी ३ वटा क्षेत्रलाई हेर्नेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निवासलाई हेर्ने जिम्मा एक जना सिनियर डिभिजनल इन्जिनियर (सीडीई) को रहेको छ ।
यसले कुनैपनि सरकारी कार्यालय हेर्दैन । त्यसै गरी अर्का सीडीईले सिंहदरबार पुनर्निर्माण सचिवालयलाई हेर्ने गरेको भने अर्काले मन्त्री क्वार्टरको जिम्मा लिएका छन् ।
मन्त्री क्वार्टरमा पनि एक जना इन्जिनियर रहेका छन्, जसले त्यहाँभित्र भएका समस्यालाई समाधान गर्ने गरेका छन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्