संविधानसँग बाझिएका दुई सय कानून संशोधन गर्न आग्रह

सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित ‘ऐन कार्यान्वयनमापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उहाँले संविधानसँग बाँझिएका २०० कानून भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको हो । सभामुख महराले भन्नुभयो,“संविधानसँग बाँझिएका कानून एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ, २०० कानून संविधानसँग बाँझिएका छन्, छिटोभन्दा छिटो संसद्मा आओस् ।”
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधानअनुसार बनेका नयाँ १२४ र पुराना ३३९ कानून नयाँ संविधानअनुसार संशोधन गर्नुपर्ने जरुरी भएको बताउनुभयो । उहाँले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानून प्रभावकारी भए÷नभएको अध्ययन गर्न जरुरी भएको उल्लेख गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समयअनुसार कानून निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानून लागू गर्न र अप्ठ्यारो परेर दबाब आएमात्रै कानून संशोधन गर्ने चलन सही नभएको बताउनुभयो ।
उहाँले निर्माण भएका कानून सही रुपमा कार्यान्वयनमा आएको वा नआएको वा समयअनुकूल कानून परिमार्जन गर्नुपर्ने कुरामा सधँै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा कानून १८–२० चरण प्रक्रिया पार गरेर बनाउनुपर्ने भएको हुँदा कानून बनाउनु पूर्व नै समाजमा त्यो कानून उपयुक्त वा समायाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कानून संशोधन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्