समृद्धि, विकास र शान्तिका लागि नगर पिताको छठ व्रत

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको समृद्धि, विकास र शान्तिका लागि छठ व्रत बस्नुभएको छ । उहाँले आफ्नो सङ्कल्प पूरा गर्न विराटनगर महानगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिरबाट आज दिउँसो १२ः४ बजे प्रणाम गर्दै छठ पर्व मनाउने घाटतर्फ प्रस्थान गर्नुभएको छ ।
करीब साढे तीन किमीको यात्रा उहाँले चार घण्टा घस्रदै अर्थात् दण्डप्रणाम गर्दै नदी किनारमा पुगेर बेलुका सूर्य भगवानलाई अघ्र्य दिनु हुनेछ । छठ पर्वमा गर्ने सबै विधि अपनाएर उहाँले यस वर्ष १५ औँ पटक दण्डप्रणाम गर्दै हुनुहुन्छ भने उहाँलाई दुई जना भतिजा रमेश पराजुली र मनिष पराजुली साथ दिनुभएको छ ।
आफ्नो लागि त सबैले व्रत बस्छन् तर नगरको विकासका लागि सङ्कल्प लिएर कठिन व्रत बसेर दण्ड प्रणाम गर्दै नदी किनारसम्म जाने यस्तो जनप्रतिनिधिको सङ्कल्प पूरा होस् भनी स्थानीय इन्द्रप्रसाद दाहालले कामना गर्नुभएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नगर पिताको छठ व्रत
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्